Logo

नास्टले बनायो ग्राउन्ड स्टेशन



काठमाडौं, भदौ ३० । विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले ग्राउन्ड स्टेसन बनाएको छ । ग्राउन्ड स्टेसन बनेपछि नेपालको पहिलो भू–उपग्रह (नेपाली स्याट–१)ले अन्तरिक्षबाट पठाएको तथ्याङक संकलन गर्न सम्भव भएको नास्टका प्रविधि विभागका प्रमुुख रवीन्द्र ढकालले बताए ।

‘नेपालको आकासमा भू–उपग्रह आईपुग्दा रेडियो उपकरण र ट्र¥याक सफ्टवेयरको सहयाताबाट डेटाहरु लिन्छौ र डिकोड गरेर फोटो निकाल्छौ ।’ उनले बताए ।

नेपाली भू–उपग्रहले एक दिनमा १६ पटक पृथ्वीको चक्कर लगाउने भएकाले नजिक आएको बेला ट्र¥याक गरिने र मौसमको पूर्वानुमान, विपद्का लक्षण तथा पृथ्वीले निकाल्ने इलेक्ट्रो म्याग्नेटिक वेभकोे अनुसन्धान गरिने बताइएको छ ।

‘नानो स्याटेलाइटबाट आएको संकलित तथ्याङक ल्याबोरेटरी बिल्डिङ बनाएर परीक्षण तथा अनुसन्धान गछौं ’ ढकालले भने । यसबाट अन्र्तरिक्ष अध्ययनमा युुवालाई सहयोग पुग्ने पनि जनाइएको छ ।

नास्टका प्रवक्ता डा. सुरेशकुमार ढुंगेलका अनुसार अन्तरिक्षमा पठाएको नेपालको नानो स्याटेलाइटले आउँदो सेप्टेम्बरको १३ तारिखदेखि पुर्वी नेपाल छोएको देखिन्छ ।

‘त्यहाँको गतिविधि समेत ट्र¥याक गरेर हेर्न सकिन्छ ।’ उनले भने ‘नेपाली स्टाट–१ सहित तीवओटै देशका भू–उपग्रहको गतिविधि हाम्रै गाउन्ड स्टेशनबाट हेर्न सकिन्छ । आजको आर्थिक अभियानमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्