Logo

टाउकाको बिमारीलाई सुगरको औषधि



मोरङ, भदौ ३० । विराटनगरमा सञ्चालित औषधा फार्मेसीले टाउकोको बिरामीलाई सुगरको औषधि दिएको पाइएको छ । गत साउनमा भारतको विहार सिपोल जिल्लाका राम दास आफ्नो टाउनको दुख्ने समस्याको जाँच गराउन विरानगरस्थित न्यूरो अस्पताल आएका थिए ।

उनले सम्पूर्ण जाँच गराएपछि डाक्टरले उनलाई टाउको दुख्ने समस्या रहको भन्दै केहि औषधि लेखिदिएका थिए । उनी औषधि किन्न नजिकै रहेको फार्मेसीमा गए । औषधि पसलेले बिमारीलाई गलत औषधि दिएपछि उनको अवस्था पहिले भन्दा झन गम्भीर बन्न पुगेको छ ।

न्यूरो अस्पताल नजिकै रहेको औषधा फर्मेसीबाट राम दासले औषधि खरिद गरेका थिए । डाक्टरले इन्कोरेट सीआर ५०० लेखिदिएकोमा औषधि पसलेले उनलाई इफिमेन्ट ५०० एमजी दिएका थिए ।

इन्कोरेट टाउकोसम्बन्धी विमारीलाई दिइने औषधि हो भने इन्कोरेट सुगरको औषधि भएको चिकिस्तकको भनाई छ ।

फार्मेसीले दिएको औषधि एक महिनासम्म सेवन गरेपछि डाक्टरलाई फलोअप गराउन गत भदौ २४ गते दास पुनः न्यूरो अस्पताल आएर चेकजाँच गरे ।

चेकजाँचको क्रममा उनलाई गलत औषधि दिइएको डाक्टरले थाहा पाएपछि औषधि व्यवसायीको गलत धन्धाको सहस्य खुलेको हो ।

उक्त विषयलाई लिएर न्यूरो अस्पतालका सञ्चालक डा. विरेन्द्र विष्टले औषधि व्यवस्था विभाग र प्रशासनमा उजुरी गर्ने निणर्य लिइएको भएता पनि पछि औषधा फार्मेर्सीका सञ्चालक अर्विन्द प्रधानलार्ई एक पटक क्षमा दिने निणर्य भएपछि अहिले घटना दबाउने प्रयास भएकोे पीडित परिवारले बताएका छन् ।

न्यूरो अस्पतालका निर्देशक रञ्जितराज बस्नेतका अनुसार गलत औषधि सेवनका कारण बिमारीको ज्यानसमेत जने अवस्थामा पुग्छ ।

निर्देशक बस्नेतका अनुसार एक महिनासम्म गलत औषधि सेवन गरेका कारण बिरामी पहिलाभन्दा झनै सिकिस्त भएका थिए । आजको आर्थिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्