Logo

उत्तर कोरियाली लगानी सबै फिर्ता लैजान निर्देशन



काठमाडौं, भदौ ३१ । नेपालमा उत्तर कोरियाले लगानीमा स्थापना भएका सम्पूर्ण उद्योगहरुको लगानी फिर्ता लैजान सरकारले उत्तर कोरियाली राजदूतावासलाई निर्देशन दिएको छ ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियामाथि पारित गरेको निर्णय पालना गर्दै उद्योग बन्द गरी आगामी दुई महिनाभित्र लगानी फिर्ता लैजान सरकारले निर्देशन दिएको हो ।

आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपणमा उत्तर कोरियाको बढ्दो सक्रियतापछि सुरक्षा परिषद्ले २०५० वैशाख २९ मा सो मुलुकमाथि नाकाबन्दी लगाउने निर्णय गरेको थियो ।

तर, आणविक हातहतियारको होडबाजीमा उत्तर कोरियाले सक्रियता बढाउँदै गएपछि २०७५ पुस ७ गते सुरक्षा परिषद्ले थप नाकाबन्दी लगाउने निर्णय ग¥यो, जसअनुसार उत्तरकोरियामाथि आर्थिक कारोबारसँगै लगानी प्रतिबन्ध पनि लगाइयो ।

त्यसैअनुरुप राष्ट्रसंघले परराष्ट्र मन्त्रालयलाई पत्राचार गर्दै नेपालमा रहेका उत्तरकोरियाली लगानीका उद्योग तथा व्यावसाय बन्द गर्न र कामदारलाई रोजगारी नदिन भनेको थियो । सोही पत्रका आधारमा अहिले नेपालले उत्तर कोरियाली नागरिक संलग्न औद्योगिक तथा व्यावसायिक लगानी हटाउने निर्णय गरेको हो ।

यसअधि उद्योग विभागले लगानी फिर्ता लैजान उक्त कारियाली दूतावासलाई दुई पटक आग्रह गरिसकेको छ । तर, दूतावासले मौखिक समझदारी जनाएर लगनी फिर्ता नलगेपछि परराष्ट्र मन्त्रालय मार्फत पत्राचार गरिएको विभागले जानकारी दिएको छ ।

नेपालमा उत्तर कोरियाको लगानीको बारेमा अमेरिकाले विशेष चासो राख्दै आएको थियो ।आजको आर्थिक अभियानमा निकेश खत्रीले खवर छापेका छन् ।



प्रतिक्रिया दिनुहोस्