Logo

अरुण नदिमा हराएका ६ जना अझै बेप्पत्ता



संखुवासभा, असोज १ । संखुवावासभाको अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन्। मंगलबार राति १० बजेतिर बिरामी बाकेको १ ज ३७४९ नम्बरको जिप नदिमा खसेको प्रहरीले जनाएको छ ।

सदरमुकाम खाँदबारीबाट बिमारीलाई उपचार गराउन धरानतर्फ आउदै गर्दा दुर्घटनामा परेको जनाइएको छ । राती नै प्रहरी उक्त स्थानमा पुगेपनि नदिमा पानीको बहाव बढेका कारण हराएकाहरुको खोजीमा समस्या भएको पनि प्रहरीले जनाएको छ ।

बिहानैदेखि प्रहरीले खोजीकार्य जारी राखेको र अहिलेसम्म हराएकाहरु नभेटिएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot