Logo

संविधान दिवस : अनेरास्ववियु र नेविसंघको छुट्टाछुट्टै दीप प्रज्वलन (फोटोफिचर)



काठमाडौं, ३ असोज । आज चौथो संविधान दिवस । यो अवसरमा विभिन्न संघ–संस्था र संगठनहरुले दीप प्रज्ज्वलन गरेर मनाएका छन् । शुक्रबार साँझ काठमाडौंका विभिन्न संस्थामा नेपालको नक्सा, राष्ट्रिय झन्डा बनाएर मैनबत्ती बालेर दीप प्रज्ज्वलन गरिएको हो । दीप प्रज्ज्वलन गर्नेहरुले संविधान कार्यान्वयनमा जोड दिँदै सविधानमा सबैको अपनत्व कायम गर्नुपर्न बताएका थिए ।

उता, संविधान दिवसलाई सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अनेरास्ववियु र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भाृत संगठन नेविसंघले छुट्टा–छुट्टै दीप प्रज्ज्वलन गरेर मनाएका छन् । अनेरास्ववियुले माईतीघर मण्डलामा खुसी दीप प्रज्जवलन गरेको थियो भने नेविसंघले नागपोखरीस्थित् गणतन्त्र स्मारकमा मनाएको छ ।

तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्