Logo

अल्टिमेटमको समयसिमाभित्रै धार्मिक अभियन्ताहरुको रिहाई गरेकोमा समितिद्धारा धन्यवाद



 

काठमाडौं, ६ असोज । विश्व हिन्दु युवा संघ अन्तर्रा्ष्ट्रिय समितिले आफूहरुले अल्टिमेमट दिएको समयअगावै सरकारले पक्राउ गरेका धार्मिक अभियन्ताहरुलाई रिहाई गरेकोमा बधाई तथा धन्यवाद दिएको छ । हिजो (शनिबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर समितिले तत्काल पक्राउ परेका अभियन्ताहरुलाई रिहाई गर्न माग गरेको थियो ।

समितिले ईन्द्रजात्राको अवसरमा शान्तिपूर्ण रुपमा विरोध गर्दा धार्मिक अभियन्ताहरुलाई जबरजस्ती पक्राउ गरेर हिरासतमा राखिएकोमा विरोध जनाएको थियो । शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत (बाबा) लगायतका धार्मिक अभियन्ताहरुलाई राजनीतिक प्रतिशोध साँधेर सरकारले जबरजस्ती पक्राउ गरेको समितिको आरोप थियो । पक्राउ परेकाहरुलाई आगामी ४८ घण्टाभित्र रिहाई नगरिए देशव्यापी रुपमा आन्दोलन गर्ने समितिका अध्यक्ष सागर थापाले चेतावनी दिएका थिए ।

समितिका महासचिव रोशनजंग बस्नेत र विश्व हिन्दू महासंघ नेपालका उपत्यका संयोजक दिनेश कुमार सिजापतिको संयुक्त नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको थियो,‘पक्राउ गरिएका शिव सेना नेपालका अध्यक्ष बस्नेतलगायत समस्त हिन्दु धार्मिक अभियान्ताहरुलाई ४८ घण्टाभित्र रिहाइ नगरिए सरकारबिरुद्ध कडा आन्दोलन गर्न बाध्य हुनेछौँ ।’ सरकारले आफुहरुले कडा आन्दोलन गर्ने चेतावनी दिएको भोलिपल्टै धार्मिक अभियन्ताहरुको रिहाई गरेकोमा समितिले धन्यवाद दिएको छ ।

समितिका महासचिव रोशनजंग बस्नेतले भोलिका दिनमा पनि सरकारले यस्तो गलत काम नदोहोर्योस भन्ने धारणा राखेका थिए । बस्नेतले भने,‘भविष्यका दिनमा जनताको स्वतन्त्र रुपमा विरोध प्रर्दशन गर्न पाउने अधिकार हनन नहोस् । वाक तथा प्रेस स्वतन्त्रता सधैं सुनिश्चित् रहिरहोस् । सरकारले धार्मिक अभियन्ताहरुको रिहाई गरेर राम्रो कामको सुरुवात गरेको छ । यो कार्यको विश्व हिन्दू युवा संघ स्वागत गर्दछ ।

 



प्रतिक्रिया दिनुहोस्