Logo

३८ वर्षमा बनिन् पासाङ ल्यामुकी छोरी दाबा राजदूत



काठमाडौं, ९ असोज । प्रथम नेपाली सगरमाथा आरोही पासाङ ल्यामु शेर्पाकी छोरी दावा फुटी शेर्पा स्पेनका लागि नेपाली राजदूत बनेकी छिन् । युवावस्थामै राजदूत बनेकी शेर्पा अहिले चर्चामा छिन् । उनको उमेर ३८ वर्ष पुगेको छ ।

अमेरिकामा अध्ययन गरेर फर्किएलगत्तै उनी राजदूत बनेकी छिन् । तीन महिना अघि राजदूतका लागि उनको नाम सिफारिश भएको थियो । संसदीय सुनुवाई समितिले उनको नामको अनुमोदन गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति गरेकी हुन् ।

नवनियुक्त राजदूत शेर्पाका काका आङछिरिङ शेर्पा गत वर्ष ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाउनेमा परे । काकाको निधनपछि उनका पिता र परिवारका अन्य सदस्यमा अवौं रुपैयाँको व्यवसाय काँधमा आएको छ । परिवारका अन्य सदस्य व्यापार व्यवसायमा लागेपनि दावा फुटी राजदूत बनेर कुटनीतिक क्षेत्रमा लागेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्