Logo

भारतीय कर छुटले नेपालमा प्रभाव पार्ने



काठमाडौं, १३ असोज । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले भारतको कर छुट प्याकेजले नेपाललाई असर पर्ने बताएका छन् ।

धनगढीमा आइतबारदेखि शूरु भएको निमार्ण सामग्री तथा हार्डवेयर प्रदर्शनी मेलाको उदघाटनको क्रममा उनले भारतको कर छुट प्याकेजले नेपालको अर्थतन्त्रमा प्रभाव पर्ने बताएका छन् ।

भारतले ५० प्रतिशत भन्दाबढी कर छुट प्याकेज ल्याएको उल्लेख गर्दे उनले भारतको जस्तो हामीले करमा छुट दिन नसक्ने पनि बताएका छन् । त्यसले के प्रभाव पार्छ भन्ने बारे नेपालीले विश्लेषण गर्नुपर्ने बेला आएको समेत उनले बताए ।

गहन तरिकाले सोच्न र विश्लेषण गर्न नसके गम्भीर आर्थिक समस्याको सामना गर्नुपर्ने स्थिति आउन सक्ने उनले जानकारी गराए ।

भारतको कर छुट नीतिले नेपालको आयात निर्यात, उद्योगधन्दामा समस्या आउन सक्ने बताउनै उनले प्रदेशमा पर्न सक्ने असरबारे प्रदेश सरकारले विश्लेषण गर्न थालिसकेको समेत जानकारी गराएका छन् ।

कर तिर्नु हरेक व्यापारीको दाईत्व भएको जनाउदै मन्त्री बोहराले व्यवसायी र व्यवसायको सुरक्षा गर्नु राज्यको दाईत्व भएको समेत उल्लेख गरे ।

प्रदेश सरकारले नीजि क्षेत्रलाई प्रोहस्ताहनको नीति ल्याएको जनाउदै उनले व्यापारीलाई लगानी गर्न आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस्