Logo

मनसुन कमजोर



काठमाडौं १९ असोज । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन कमजोर अवस्थामा रहेको बताएको छ । महाशाखाले विज्ञप्ति निकालेर मनसुनी प्रणाली कमजोर बनेकाले ठूलो वर्षाको सम्भावना नरहेको उल्लेख गरेको छ ।

‘केही भागमा मौसम सामान्य बदली हुने भए पनि धेरै भागको मौसम सफा हुनेछ,’ महाशाखाले भनेको छ । मनसुनको प्रभाव कम परे पनि महाशाखाले मनसुन सकिएको घोषणा भने गरेको छैन । केही वर्षयता मनसुन ढिलो सुरु भएर ढिलै सकिने गरेको वरिष्ठ मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

‘१० दिन ढिलो गरी २० जुनमा मनसुन प्रवेश भएकाले प्रभाव पछिसम्म परेको हो,’ उनले भने । सेप्टेम्बर २३ सम्म मनसुनी प्रभाव रहने भए पनि अक्टोबर दोस्रो सातासम्मै मनसुनको कमजोर अवस्था रहने गरेको छ । गत वर्ष पनि अगस्ट ८ मा मनसुन बाहिरिएको थियो । कान्तिपुरबाट



प्रतिक्रिया दिनुहोस्