Logo

महरालाई पक्राउ गर्न अदालतको आदेश



काठमाडौं, १९ असोज । अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न आदेश दिएको छ । महराले संसद सचिवालयमा कार्यरत आफ्नै कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका थिए ।

आइतबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आजै साँझसम्म नै महरालाई पक्राउ गर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस्