Logo

लोप हुँदै पिङ, यस्तो छ कारण



काठमाण्डौ । दशैंमा एकपटक भए पनि जमिन छोड्नु पर्छ भन्ने मान्यता अनुसार खेलिने पिङ लोप हुदै गएको छ । दशैं,तिहारको अवसरमा ग्रामीण क्षेत्रको मुख्य आकर्षको रुपमा परिचित रोटेपिङ र लिङ्गे पिङ लोप हुदै गएका हुन ।

पहिले दशैँमा मनोरञ्जनको एउटा साधन रुपमा हेरिएको रोटेपिङ र लिङ्गे पिङ विस्तारै लोपहुदै गएको जानकारहरुको भनाइ छ । पछिल्लो समय गाउँघरतिर पिङ देखिन छोडि सकेको जनाइएको छ ।

युवाहरू वैदेशिक रोजगारीमा गएका कारण रोटेपिङ र लिङ्गे पिङ लोप हुदै गएको सर्वसाधारणहरुको भनाइ छ । प्रविधिको विकाससँगै पिङभन्दा मानिसहरु प्रविधिसँगै रमाउन थालेपछि गाउँघरतिर पिङ हराउन थालेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्