Logo

महराले परिवारबाहेक कसैलाई भेटेनन्



काठमाडौं, २२ असोज । महिला कर्मचारीमाथि यौन दुव्र्यवहारको आरोपमा प्रहरी हिरासतमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले अहिलेसम्म परिवारका सदस्यबाहेक कसैलाई पनि भेटेका छैनन् । पार्टीका नेता तथा कार्यकर्ताहरुले पनि महरालाई भेट्न चाहेका छन् । तर, अहिलेसम्म उनले परिवारका सदस्यबाहेक कसैलाई पनि भेटेका छैनन् ।

उनले आँफैं प्रहरीलाई आग्रह गरेर परिवारका सदस्यबाहेक अरुलाई भेट्दिन भन्ने ईच्छा व्यक्त गरेका छन् । प्रहरीले पनि सोहीअनुसार महराले टिपाएको उनको परिवारका सदस्यको नाम हेरेर भेट्नको लागि चाँजोबाँझो मिलाएको छ ।



प्रतिक्रिया दिनुहोस्