Logo

गायिका सरिश्मा इशा लामिछानेसँग यसरी देखिइन्



कुनैबेला सरिश्मा अमात्य युवा पीढीको ढुकढुकीमा थिइन् । उनले गाएको गीत दुई दशक अघि निकै चर्चामा आएपछि स्टेज कार्यक्रम भ्याइनभ्याई भयो ।

सरिश्मा अमात्य जब अमेरिका छिरिन् तब हराएजस्तै भएकी छिन् । उनीपछि आएका गायिकाहरु लोकप्रीयताको शिखरमा पुगे । यसमा सरिश्मा गायन क्षेत्रबाट हराउनु पनि एउटा कारण हो ।

 

अचेल सरिश्मा अमेरिकामा बस्ने नेपालीहरुमाझ बेला बेलामा देखापर्छिन् । तर, नेपालभित्र उनका पुराना फ्यानहरुले पनि बिर्सने अवस्था बनिसकेको छ ।

उनी इशा लामिछानेसँग शनिबारको एउटा कार्यक्रममा देखापरिन् । नेपालीहरुको जमघटमा इशासँग सरिश्मा देखापरेकी हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot