Logo

इशा लामिछानेलाई नेपाल आउनबाट छोरीले रोकिन्, अमेरिकामै मनाइन् दशैं



इशा लामिछाने नेपाल आउने चर्चामा थियो । रवि लामिछानेकी पूर्व पत्नी इशाले दशैं नेपालमै मनाउने चाहना राखेर तयारी गरेकी थिइन् । तर, उनी अन्तिम समयमा रोकिइन् ।

इशालाई छोरीहरुले रोके । नेपालमा रवि लामिछाने आत्महत्या दुरुत्साहनमा पक्राउ परेको र उनको व्यक्तिगत जीवनका बारे खोजीनीति बढिरहेकाले पनि छोरीहरुले इशालाई रोकेको बुझिएको छ ।

इशाले दशैं अमेरिकामै मनाइन् । छोरीलाई टीका लगाइदिइन् र केही नेपालीहरुको जमघटमा सहभागिता जनाइन् ।

रवि लामिछाने अमेरिका छाडेर नेपाल आएपनि इशासँग पारपाचुके भएको थिएन । गत वर्षमात्र उनीहरुको पारपाचुके भएको थियो ।
सम्बन्ध बिच्छेदपछि रविले चलचित्र निमार्ता उद्धव पौडेलकी छोरी निकिता पौडेलसँग विवाह गरे । इशा भने अमेरिकामा छोरीहरुको साथमा छिन् ।

तस्बिर स्रोतः इशा लामिछानेको फेसबुक पेज



प्रतिक्रिया दिनुहोस्