Logo

काभ्रेमा ट्रक पल्टँदा तीन जनाको मृत्यु



काठमाडौं २६ असोज । काभ्रेको सबैभन्दा विकट महाभारत गाउँपालिकासम्म पुग्ने सबैभन्दा भरपर्दाे माध्यमनै ट्रक हो । ट्रकनै महाभारत जाने र आउने यात्रुवाहक सवारी साधन हो । शुक्रवार साँझ महाभारत गाउँपालिकाबाट दशैं मनाएर फर्किएका स्थानीय बोकेर बनेपा आउँदै गरेको बा ३ ख ३५९५ निसान ट्रक सडकबाट रोशी–३ साझकोटको खोल्सामा खस्दा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । एक जनाको भने उपचार गराउन अस्पताल ल्याउने क्रममा निधन भएको छ ।

ट्रकमा ३६ जना यात्रु सवार थिए । सवारमध्ये १६ जना यात्रु गम्भिर घाइते भएको स्थानीयले बताएका छन् । महाभारत गाउँपालिका वडा नं १ र २ का स्थानीय बासिन्दाहरु बनेपा फर्किरहेका थिए ।

दुर्घटनामा परी महाभारत गाउँपालिकाको अमलबासबाट बनेपा आउँदै गरेको ट्रक दुर्घटनामा परेको थियो । दुर्घटनामा परी मृत्यु हुनेहरुमा ललितपुर भैसेपाटी घर भई महाभारत गाउँपालिका मामाघरवाट फर्कने क्रममा रहेका प्रकाश मोक्तान र महाभारत–२ का वकिल बम्जन रहेका छन् । बाटोमै ल्याउदै गर्दा एक महिलाको मृत्यु भएको र उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्