Logo

वैदेशिक लगानीमा चीन सबैभन्दा अगाडि



काठमाडौं २६ असोज । चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा धेरैको चासो केरुङ–काठमाडौँ रेलमार्गमा छ । तर, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मामिलामा चीन सबैभन्दा अगाडि रहेको तथ्य भने धेरैले चासो नदिएको पक्ष हो ।

उद्योग विभागको पछिल्लो तथ्याकंंले देखाउँछ, नेपालमा चिनियाँ लगानी निरन्तर बढ्दो छ र असोजको दोस्रो सातासम्म चिनियाँ लगानीकर्ताहरुले कुल रु १०४ अर्ब बराबरको लगानीको प्रतिबद्धता गरेका छन् ।

विस ५० र ६० को दशकमा नेपालमा वैदेशिक लगानीमा अगाडि रहेको दक्षिणी छिमेकी भारतबाट हालसम्म रु ९४ अर्ब ३१ करोडको प्रतिबद्धता आएको छ ।

त्यसो त २०६२÷६३ पछि क्रमसँग बढ्दै गएको चिनियाँ लगानी पछिल्लो ५ वर्षयता ह्वात्तै बढेको देखिन्छ । आर्थिक अभियान



प्रतिक्रिया दिनुहोस्