Logo

विपद जोखिम न्यूनीकरण दिवस



भक्तपुर, २६ असोज  : सप्ताहव्यापी अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवस आजदेखि यहाँ शुरु भएको छ । दिवसको पहिलो दिन आज जिल्ला विपद् व्यवस्थापन समितिको आयोजना, जिल्ला समन्वय समिति र गैरसरकारी संस्था महासङ्घ नेपाल जिल्ला शाखाको व्यवस्थापनमा र्याली आयोजना गरिएको थियो ।

विपद्बाट जोगिने र जोगाउन जनचेतना फैलाउने उद्देश्यले आज पहिलो दिन भक्तपुरको तौमढीबाट शुरु भएको ¥याली सुकुलढोका, दत्तात्रय हुँदै वटै नगरपालिकाले विपद् न्यूनीकरणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

भक्तपुरलाई विपद् जोखिममुक्त बनाउने कार्यक्रम स्थानीय तहले ल्याउनुपर्ने आवश्ययकता औँल्याउँदै उहाँले आफ्नो पहलमा शुरु भएको हनुमन्ते करिडोरले बाढी नियन्त्रण गर्न सफल भएको बताउनुभयो । सांसद बस्नेतले विपद्का बेला उद्धार सामग्री खरीद गरेर भण्डारण गरिएकाले अब त्यस्ता सामग्री खोज्दै हिँड्नुपर्ने अवस्था भने नभएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी नारायण भट्टले जिल्लावासीलाई विपद्का बेला सुरक्षित राख्न व्यवस्थापनका तयारी पर्याप्त रहेकाले त्यस्ता बेला तत्काल उद्धार एवं रोकथाम गर्न सकिने अवस्थामा पुगेको बताए । गैरसरकारी संस्था महासङ्घका जिल्ला अध्यक्ष सोम शर्मा (बजगाई) ले विपद्बाट जोगिन र जोगाउन सबै निकाय क्रियाशील रहेको चर्चा गरे ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत २७ गते सूर्यविनायक नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले विपद् व्यवस्थापनबारे कृतिम अभ्यास गर्ने, २८ गते चाँगुनारायण नगरपालिका र जिल्ला रेडक्रसले विपद् व्यवस्थापनबारे क्षमता विकास तालीम र अन्तरक्रिया गर्ने, २९ गते सूर्यविनायक नगरपालिकाको सहकार्यमा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाले विपद् व्यवस्थापनबारे प्रचारप्रसारका सामग्री निर्माण गर्ने, प्रदर्शनी गर्ने, भिडियो संवाद र जिङ्गल निर्माण गर्ने भएको छ । त्यस्तै ३० गते चाँगुनारायण, १ गते मध्यपुरथिमि र २ गते भक्तपुर नगरपालिकाले विपद् जोखिम न्यूनीकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया गर्ने भएको गैसस अध्यक्ष बजगाईले जानकारी दिए । रासस



प्रतिक्रिया दिनुहोस्