Logo

चीनसँगका सबै सम्झौता अनुदानमा



काठमाडौं २७ असोज । चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सबै सम्झौता तथा समझदारी चिनियाँ अनुदानबाट कार्यान्वयन हुने भएका छन् ।

बहुचर्चित केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन, केरुङ–काठमाडौं (सुरुङमार्गसहित) सडक निर्माण अघि बढाउने र अन्य प्राविधिक तथा प्रशासनिक सम्झौता अनुदानअन्तर्गत मात्रै रहेको सरकारले जनाएको छ । ‘यसपटक नेपाल–चीनबीच भएका सम्झौता कार्यान्वयनको खर्च ऋणअन्तर्गत बजेट हुने छैन,’ अर्थमन्त्री युवराज खतिवडाले भने । –कान्तिपुर दैनिकबाट



प्रतिक्रिया दिनुहोस्