Logo

मोटरसाइकलको ठक्करबाट घाइते राईको मृत्यु



पाँचथर फिदिम, २७ असोज । गत असोज १७ गते मोटरसाइकलले ठक्कर दिएर गम्भीर घाइते भएका पाँचथर फिदिम–२ का एक व्यक्तिको आज बिहान मृत्यु भएको छ ।

मृत्यु हुनेमा फिदिम–२ का दलकर्ण राई रहेका छन् । उनको नोभेल अस्पताल विराटनगरमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताए ।

गत असोज १७ गते बा ५२ प ६२०६ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक फिदिम–४ का विराज राई अहिले प्रहरीको नियन्त्रणमा छन् । -रासस



प्रतिक्रिया दिनुहोस्