Logo

“छ माया छपक्कै” को दुई दिने व्यापार आश्चर्यजनक



चलचित्र “छ माया छपक्कै” यस वर्षको प्रतिक्षित चलचित्र मध्य एक हो । दशैंको अवसर पारेर २४ असोज रिलिज भएको चलचित्रको दुई दिने कमाई ३ करोड ४५ लाख आसपास गरेको छ । चलचित्रले रिलिजको पहिलो दिन ग्रस कलेक्सन १ करोड ५५ लाख र दोस्रो दिन १ करोड ९० लाख आसपासको कमाई गरेको हो ।

अभिनेता दीपकराज गिरीले यो फिल्मको व्यापार आश्चर्यजनक भएको जनाएका छन् । उनका अनुसार यो अहिलेसम्मकै ठुलो दुई दिने व्यापार रहेको छ । यद्यपि खास व्यापारिक रिपोर्ट भने आइसकेको छैन ।

चलचित्रमा राजनैतिम विषय वस्तुलाई प्रस्तुत गरिएको छ । दीपेन्द्र लामाको निर्देशित चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । निर्देशन र कथा लामाको भएपनि दीपकराजले चलचित्रको पटकथा तयार गरेका हुन् । रोहित अधिकारी निर्माता रहेको यस चलचित्रलाई ‘आमा सरस्वती मुभिज्’, ‘रोहित अधिकारी फिल्मस्’ र ‘र्आइएमई’ को संयुक्त ब्यानरमा निर्माण गरिएको छ । Photo Source: Lensnepal



प्रतिक्रिया दिनुहोस्