Logo

रेखा थापाको ‘मालिका’ ट्रेन्डिङमा



युट्युबमा रिलिज भएको अभिनेत्री रेखा थापाको चलचित्र “मालिका” ट्रेन्डिङ नम्बर ५ मा परेको छ । दशैं तिहारको अवसर पारेर युट्युबमा प्रदर्श गरिएको चलचित्रले छोटो समयमै १५ लाख बढी भ्यूज बटुलेको हो ।

रेखा आफैले निर्देशन गरेको उक्त चलचित्रले बालविवाह र महिला सशक्तिकरण सम्बन्धी विषयलाई उठाइएको छ । प्रदर्शनको समयमा हलमा दर्शक तान्न नसकेको चलचित्रले युट्युबमा भने सकारात्मक प्रतिक्रिया पाएको छ ।

गत वर्ष तिहारमा प्रदर्शनमा आएको चलचित्र ‘मालिका’ मा रेखा र कमला वलिको मुख्य भूमिका रहेको छ । नरबहादुर कार्कीको कथा रहेको उक्त चलचित्रका निर्माता सरस्वती थापा हुन् । रेखा आफै पनि चलचित्रको कार्यकारी निर्माता हुन् ।



प्रतिक्रिया दिनुहोस्