Logo

दशैं मानेर वर्षा यूरोपतिर



नेपाली चलचित्र क्षेत्रकी चल्ती नायिका वर्षा राउत अहिले डेनमार्क पुगेकी छिन् । उनी संगीत महोत्सवको लागि गायक सुगम पोखरेल र गायिका तृष्णा गुरुङ्गलगायत टिमसँग डेनमार्क पुगेकी हुन् । उनी आफ्नो श्रीमान र परिवारसँग नेपालीको महान चाड दशैं मनाएर कार्यक्रमको लागि गएकी छिन् ।

डेनमार्क, फिनल्याण्ड, नर्वे र जर्मनीमा पिस एण्ड युनिटि सांगीतिक भ्रमण कार्यक्रम यही अक्टोबरबाट सञ्चालन हुने भएको छ । वर्षाको टिमले उक्त देशहरुमा लाइभ म्युजिक गर्ने भएका छन् । भेटघाट नेपाल र डिजीपेको प्रस्तुतीमा उक्त कार्यक्रम हुुन लागेको हो । यो कार्यक्रम नेपालमा भएका असाह्य बालबालिकालाई सहयोग गर्ने उद्देश्यले गर्न लागिएको छ । Photo Source: Barsha Raut Facebook



प्रतिक्रिया दिनुहोस्