Logo

तरकारीवालीको पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक (भिडियोसहित)



काठमाडौं । तरकारीवालीको रुपमा भाइरल गर्ल कुसुम श्रेष्ठ अभिनित पहिलो म्युजिक भिडियो ‘कान्छा कान्छी’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक भिडियोमा कुसुमले आरएल मोक्तानसँग रोमान्स गरेकी छन् ।

भिडियोमा प्रेम गर्नेले मायालुले आफ्नो मायालाई छोडेर टाढा जाँदैन भन्ने कथा बुनिएको छ । मकवानपुरको सिस्नेरी, कुलेखानी आसपसमा निकै आकर्षक तवरले  छायाँकन भएको भिडियो आरएल मोक्तनले नै निर्देशन गरेका हुन् ।

लोक शैलीमा तयार भएको गीतमा निर्देशक मोक्तानकै शब्द, बिकाश चौधरीको संगीत रहेको गीतमा बिकाश चौधरी र चन्दा घिसिङको स्वर छ । बिक्रम कार्की टिमको छायाँकन रहेको गीत कृष्ण पाण्डेले सम्पादन गरेका हुन् ।

भाइरल भएपछि कुसुमले लम्फु नामक एक फिल्म अभिनय गरेकी थिइन् । तर उक्त फिल्मले भने उनलाई राम्रो चर्चा दिलाउन सकेन । यो म्युजिक भिडियोले आफुलाई राम्रो चर्चा दिलाउने उनले बताइन् ।



प्रतिक्रिया दिनुहोस्