Logo

एक करोड भारु कमाउने पहिलो बलिउड सुपरस्टार



बलिउड फिल्मको पहिलो हिरोको रुपमा सन् १९११ अक्टोबर १३ मा स्थापित सुपरस्टार हुन् अशोक कुमार । भागलपुर बिहारमा जन्मिएका कुमुदलाल गांगुली नामका अभिनेता फिल्म ‘जीवन नैया’ बाट अशोक कुमार बने ।

सन् १९४३ मा रिलिज भएको फिल्म किस्मतले बक्स अफिसको सबै रेकर्ड तोड्दै १ करोड भारुको कमाई गरेको थियो । फिल्मसँगै जताततै चर्चामा आउन थालेका कुमार सबैको पहिलो रुचीमा परे । उनलाई सबैले दादामुनीको नामले पनि चिन्ने गर्थे ।

मुम्बईमा हिरो नभई प्राविधिक बन्न आएका कुमार भाग्यले डोराएर नायक बने र हेर्दा हेर्दै सुपरस्टार पनि भए । त्यती बेलाको समयमा उनको स्टाइल, डायलग मानिसहरुको मुख मुखमा झुण्डिन्थ्यो । सन् १९९९ मा उनले भारत सरकारबाट फिल्मी क्षेत्रमा दिएको योगदानको कदर गर्दै पद्म भुषण अवार्ड प्राप्त गरेका थिए ।

Photo Source: Starsunfolded



प्रतिक्रिया दिनुहोस्