Logo

पारस कहिले कन्निका त कहिले सोनिकासँग



काठमाडौं, २८ असोज । पूर्व युवराज पारस चर्चामा आइरहन्छन् । उनी राम्रा कामभन्दा विवादास्पद गतिविधिका कारण चर्चा आउँछन् ।
कहिले प्रहरीलाई कुटपिट गर्छन् त कहिले सडकमा बेतोडले गाडी हुँइकाउँछन् । कहिले उनी होश गुमाएको अवस्थामा भेटिन्छन् ।

युवराज पारस थाइल्यान्डमा हुँदा लागूऔषध काण्डमा मुछिए । उनी पक्राउ पनि परे । थाइल्यान्डबाट उनलाई फकाइयो । त्यहाँ उनको केटी साथी कन्निकासँग सम्बन्ध टुट्यो । कन्निका पारसको यादमा तड्पिइरहिन् । उनले अहिले पनि फेसबुकमा पारससँगको तस्बिर पोष्ट गर्छिन् ।
पारससँगको सम्बन्धबाट थाई महिला कन्निका निकै चर्चामा आइन् । अब पालो सोनिका रोकायाको आएको छ । उनी पारससँग जोडिएर चर्चामा आउन थालेकी छिन् । पारसको सानदार मोटरसाइकल पछाडि बसेको तस्बिर र भिडियो पोष्ट गर्न थालेकी छिन् । पारससँग नजिकिएकी सोनिकालाई चर्चाको तरिका मिलेको छ ।

सोनिकाले फेसबुकमा पारससँगको तस्बिर पनि राखेकी छिन् । तर, यसले पारसलाई भने झन् बदनाम बनाए्रको छ । जसरी पनि चर्चामा आउने सोनिकासँग पारसको हिमचिमलाई राजावादीले रुचाएका छैनन् । यसमा उनीहरुले राजसंस्थाविरोधीको षड्यन्त्र देखेका छन् ।

Photo Source: Facebook

 



प्रतिक्रिया दिनुहोस्