Logo

वायुसेवा निगमले मागेको भन्दा कम पाइलट



काठमाडौं,२८ असोज । नेपाल वायुसेवा निगमले आवश्यक पाइलट पाउन सकेन । निगमले दरखास्त मागेको मध्ये सिट भन्दा कमले दरखाास्त दिए । निगमले सिनियर को पाइलटको लागि ९ जनाको सिट मध्ये चार जना स्वास्थ्य परीक्षणका लागि योग्य ठहरिएका छन् । त्यसैगरी जुनियर को पाइलटका लागि १४ जनाको दरखास्त मागेको मध्ये नौ जना स्वास्थ्य परीक्षणका लागि योग्य भएका छन् । सफल भएका उम्मेदवारहरुले स्वास्थय परीक्षणका लागि तोकिएको चिकित्सक, स्थान, मिति र समयभित्र आ–आफ्नो स्वास्थ्य परीक्षण गर्नुपर्ने निगमले जनाएको छ ।

शारीरिक तथा स्वास्थ्य परीक्षणको लागि सम्पर्क गर्नुपर्ने
चिकित्सक : डा.राजिव देव
स्थान : ओम हस्पिटल चावहिल, काठमाडौं
मिति : असोज २९ गतेदेखि कात्र्तिक ८ गतेसम्म
समय :  साँझ पाँच बजेदेखि ६ बजेसम्म



प्रतिक्रिया दिनुहोस्