Logo

“कबीर सिंह” पछि शाहिदको “जर्सी”



अभिनेता शाहिद कपूरको नयाँ फिल्मको औपचारिक निर्माण घोषणा भएको छ । ब्लकबस्टर फिल्म “कबीर सिंह” पछि कुनै फिल्ममा अनुबन्ध नभएका कपूरले पुनः तेलुगू फिल्म “जर्सी” को हिन्दी रिमेकमा मुख्य भूमिका निर्वाह गर्ने भएका छन् । “जर्सी” यस वर्षको २८ अगस्टमा रिलिज भएको फिल्म हो । स्पोर्ट्स ड्रामामा बनेको यो फिल्ममा साउथ एक्टर नानीले क्रिकेटरको भूमिका निभाएका छन् ।

गौतम तिन्नानुरीले निर्देशन गर्न लागेको हिन्दी रिमेकको यो फिल्मको लागि कपूरले ठूलो रकम बुझेको जनाइएको छ । टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार, हिट फिल्म ‘जर्सी’ को हिन्दी रिमेकका लागि निर्माताले शाहिदलाई ३५ करोड पारिश्रमिक दिएका छन् । फिल्मसँग सम्बन्धित ट्रेड एक्सपर्टका अनुसार, ३५ करोडसँगै फिल्मको नाफाको ३० प्रतिशत पनि लिने सर्तमा उनले यो फिल्म गर्न लागेका हुन् ।

‘जर्सी’ को हिन्दी रिमेकमा काम गर्न उत्साहित शाहिद योभन्दा अगाडि पनि तेलुगू सुपरस्टार विजय देवरकोन्डाको ब्लकबस्टर फिल्म ‘अर्जुन रेड्डी’ को हिन्दी रिमेक ‘कबीर सिंह’ मा देखिएका थिए । फिल्मको हिन्दी रिमेकले पनि बक्सअफिसमा जबरजस्त व्यापार गरेपछि उनले आफ्नो पारिश्रमिक दुई गुणा बढाएका छन् ।



प्रतिक्रिया दिनुहोस्