Logo

तरकारीको मुल्य घट्न थाल्यो



काठमाडौं, २८ असोज । दशैं अगाडि अस्वभाविकरुपमा आकाशिएको तरकारीको भाउ विस्तारै घट्न थालेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आजको मूल्य सुची यस प्रकार रहेको छ ।

एक हप्ताको अघिको तरकारीको दर अहिले घट्दो क्रममा छ । यस अवधिमा प्रति केजी गोलभेडा ठूलो(नेपाली) ९०,ठूलो गोलभेडा(भारतीय) ९०,गोलभेडा सानो ३८, आलु रातो ७०, आलु रातो(भारतीय) ३७, आलु रातो(मुडे) ५२, आलु सेतो ४८, प्याज सुकेको १००, गाँजर(लोकल) १००,बोडी १००, तथा काउली स्थानिय ८५, मकै बोडी ६०, परवर(लोकल) ६०, भिण्डी ६०,स्कूस ३०,रायो साग ११०, पालूगो साग ११०, चमसूरको साग १३०, तोरीको साग १००, प्याज हरियो १५०, च्याउ(कन्य) १८०, च्याउ(डल्ले) ४५०, चुकुन्दर ९०,स्याउ(झोले) १५०, केरा दर्जन ९०,कागती ३००, अनार २५०, अदुवा २००, खु्र्सानी सुकेको ३५०, खु्र्सानी हरियो १००, खुर्सानी हरियो(अकबरे) २१०, भेडे खु्र्सानी १६०, लसुन हरियो २००, हरियो धनिया ३००, लसुन सुकेको नेपाली २००, ताजा माछा(रहु) २८०, ताजा माछा(बचुवा) २२५, ताजा माछा(छडी) २१०, ताजा माछा(मुंगरी)२४० रहेको छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको जानकारी अनुसार पछिल्लो समय भने तरकारीको मूल्य घट्न थालेको छ ।



प्रतिक्रिया दिनुहोस्