Logo

दुई दशक पछि निर्देशन गर्दै आलियाका बुबा



निर्देशक महेश भट्टले सन् १९९१ को नाटक सडकको सीक्वल “सडक २” बनाउने निर्णय गरेका छन् । निर्देशक भट्ट करीब दुई दशक पछि निर्देशनमा फर्कदै छन् । महेश अभिनेत्री आलिया भट्टको पिता हुन् । भट्टले फिल्ममा आफ्नी छोरीलाई मुख्य भूमिकामा राख्ने भएका छन् ।

चलचित्रमा अभिनेता आदित्य रोय कपुर, संजय दत्त र पूजा भट्ट पनि मुख्य भूमिकामा देखा पर्नेछन् । आफ्नै बुबाद्धारा निर्माण हुन लागेको चलचित्रको प्रतिफल जे जस्तो भएपनि अभिनय गर्ने जनाएकी छिन् । उनी बुबासँग अभिनयसँगै निर्देशन पनि गर्ने भएकी छिन् ।

आफ्नो बुबासँग आलियाको यो पहिलो फिल्म हुनेछ । आलिया आफ्नो बुबासँग काम गर्न पाएकोमा निकै खुसी छिन् । Photo Source: Indianexpress



प्रतिक्रिया दिनुहोस्