Logo

फिल्म “वार” को बाह्र दिने कमाई कति



रितिक रोशन र टाइग श्राफ अभिनेत हिन्दी चलचित्र वारले १२ दिनमा दुई सय ७१ करोड ६५ लाखको व्यापार गरेको छ । यो चलचित्रले रिलिजको पहिलो दिन मै ५३ करोड ३५ लाख कमाएको थियो । “वार” सन् २०१९ को सबै भन्दा बढी कलेक्सन गर्ने फिल्महरुको सूचीमा परेको छ ।

“वार” ले १३ अक्टोबरमा मात्र १३ करोड ९० लाख कमाएको छ । यो फिल्म करिब ४००० हलहरुमा रिलिज भएको थियो । विभिन्न रेकर्ड तोड्दै अझै हलहरुमा चलिरहेको यो फिल्मले झन बढी कमाई गर्ने अनुमान गरिएको छ । यो फिल्मलाई धेरै दर्शकहरुले मन पराएका छन् । यसको प्रतिस्पर्धामा कुनै चलचित्र नरहेको समेत जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्