Logo

हात गुमाएपछि पतिले छाडिदिए तर सहयोगी हातले दिलाउने भयो हात



काठमाडौं, २८ असोज । मेघा घिमिरेको सुन्दरताको तारिफ हुन्थ्यो । उनलाई मन नपराउने कोही हुन्नथियो । आफूलाई भाग्यमानी ठान्ने मेघाको जीवनमा पीडा एकैपटक आयो ।

करेन्ट लागेर दुवै हात गुमाइन् । हातमात्र गुमाइनन् पतिले पनि छाडिदिए । सबैले छाडेपनि सहयोगी हातहरु सम्झिइन् । उनले सहयोगको अपिल गरिन् ।

सहयोगी हातहरुका कारण घरको छतमा करेन्ट लागेर दुवै हात गुमाएकी उनी उपचारको लागि अमेरिका पुगेकी छिन् । समाजसेवी रीना केसी र नारी केसी फाउन्डेसनको पहलमा उनी उपचारका लागि अमेरिका पुगेकी हुन् ।

अब उनले खुशीका दिनहरु फर्कने आशा गरेकी छिन्। मेघाले सामाजिक सञ्जालमा लेखेकी छिन्, “फेरि खुशीको दिनहरु फर्किदैछ ।’ उनलाई खुशीको दिन ल्याउन फराकिलो छाति देखाउने रीना केसी र नारी केसीप्रति धेरैले धन्यवाद ज्ञापन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्