Logo

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान् (तस्विरसहित)



काठमाडौं, २९ असोज । म्यानमारको पाँच दिने राजकीय भ्रमणको लागि राष्ट्रपति विद्यादेवी भण्डारी त्यसतर्फ प्रस्थान् गरेकी छिन् । राष्ट्रपति भण्डारीलाई विमानस्थलमा उपरारष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुले विदाई गरेका थिए ।

राष्ट्रपति भण्डारी भने योपटक स्थलमार्ग नभई हवाई मार्ग हुँदै विमानस्थल पुगेकी थिईन् । उनी शितलनिवासबाट हेलिकोप्टरमार्फत विमानस्थलमा पुगेकी थिईन् । स्थलमार्ग हुँदै विमानस्थल जाँदा जनतालाई सास्ती हुने देखेर राष्ट्रपति हेलिकप्टरमार्फत विमानस्थलसम्म गएकी हुन् ।

राष्ट्रपति भण्डारी म्यानमारका उनका समकक्षी विन मिन्टको निमन्त्रणामा आज बिहान ११ बजे म्यानमारतर्फ प्रस्थान गरेकी हुन् । उनले राष्ट्रपति विन्ट र स्टेट काउन्सिलर आङ साङ सुचीसँग आपसी हित तथा द्विपक्षीय सम्बन्धबारे कुराकानी गर्ने्छिन् ।

भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले नेपाली मूलका म्यानमारका नागरिकहरुसँग पायन यु लायनमा पनि भेट्ने कार्यक्रम छ । उनले राजधानी यंगुनको ऐतिहासिक स्थानहरुको समेत भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीको भ्रमण दलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसमेत सहभागी छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्