Logo

विपिन र स्वस्तिमा उत्कृष्ट



काठमाडौंको कमलादीको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना भएको छैठौं ‘इनास फिल्म अवार्ड’ मा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्का उत्कृष्ट घोषित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ले आयोजना गरेको अवार्ड कार्यक्रममा उनीहरुलाई उत्कृष्ट अवार्ड दिइएको हो । विपिनले चलचित्र “प्रसाद” बाट उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा स्वस्तिमाले ‘बुलबुल’ बाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएका छन् ।

इनास फिल्म अवार्ड २०७६ मा उत्कृष्ट फिल्म अवार्डको उपाधि पाउन सफल चलचित्र “बुलबुल” बाटै निर्देशक विनोद पौडेलले उत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । त्यस्तै, निर्देशक दीपेन्द्र लामाले चलचित्र “गोपी” र निर्देशक दीपाश्री निरौलाले “छक्का पञ्जा ३” बाट जुरी अवार्ड पाएका छन् । कार्यक्रममा “लाइफटाइम अचिभमेन्ट अवार्ड” बाट संगीतकार रञ्जित गजमेरलाई सम्मान गरिएको थियो ।

इनासकी अध्यक्ष कमला दाहालले अवार्डलाई आगामी दिनमा अझ परस्कृत र भव्यसँग आयोजना गर्ने जनाएकी छिन् । इनासको ७० देशमा शाखा छ । कार्यक्रममा एनआरएनहरुसँगै फिल्मकर्मीहरुको उपस्थिति निकै बाक्लो थियो ।



प्रतिक्रिया दिनुहोस्