Logo

अमिताब बच्चनले सीताको जन्मभूमी विहार भनेपछि…



काठमाडौ, २९ असोज । ‘कौन बनेगा करोडपति’ मा बेला बेलामा गलत प्रश्न उत्तरको विषय उठ्ने गरेको छ । यसपटक त्यस्तै भयो ।

अमिताब बच्चनले कार्यक्रममा भारतको कुनचाहिं राज्यमा सीताको जन्मभूमी भनी चिनिएको ऐतिहासिक र सांस्कृतिक मिथिला छ भनी सोधे । उत्तरमा उत्तर प्रदेश, विहार, झारखण्ड र उत्तराखण्ड विकल्प राखियो ।

प्रश्न नै गलत भएपछि उत्तर ठिक आउनै सक्दैन । सीताको जन्मभूमी जनकपुर हो जुन नेपालमा पर्दछ । कौन बनेगा करोडपतिमा विगतमा उत्तर गलत हुन्थे । यसपटक प्रश्न र उत्तर दुवै गलत भयो ।

Photo Source: Youtube



प्रतिक्रिया दिनुहोस्