Logo

बलिउडमा प्रियंका कमजोर



करिब तीन वर्षपछि बलिउड फिल्म क्षेत्रमा फर्किएकी अभिनेत्री प्रियंका चेपडाको कमब्याक कमजोर देखिएको छ । प्रियंकाको कमब्याक चलचित्र “द स्काई इज पिंक” ले बक्सअफिसमा राम्रो कलेक्सन गर्न सकेन । करिब ५० करोडको लागतमा निर्माण गरिएको फिल्मले प्रदर्शनको तीन दिनमा १० करोड ७० लाखको मात्र कमाई गरेको थियो । फिल्मको व्यापार दिन–प्रतिदिन घट्दै गइरहेको छ ।

बलिउडदेखि हलिउड सम्मको यात्रा गरेकी अभिनेत्री प्रियंका चोपडा गएको लामो समयदेखि अमेरिकामा थिइन् र हलिउड फिल्म ‘बेवाच’ र अमेरिकन टिभी शो ‘क्वान्टिको’ को छायांकनमा व्यस्त थिइन् । फिल्म “द स्काई इज पिंक” बाट बलिउड क्षेत्रमा फर्किएकी प्रियंकाको यस्तो कमजोर कमब्याकको अनुमान कसैले गरेका थिएनन् । स्वदेश छोडेर विदेश जानु र भारतमा एक स्थापित अभिनेत्री हुँदा–हुँदै हलिउडमा नयाँ सुरुवात गर्न खोज्दा उनको स्टारडम कमजोर भएको टिका–टिप्पणी हुन थालेको छ । Photo Source: theskincareedit



प्रतिक्रिया दिनुहोस्