Logo

दिपक–दिपा लागे “छन् गेडी सबै मेरी” तिर



एक पछि एक गर्दै सफलता हासिल गरिरहेका दिपक–दिपाको टिमले अर्काे नयाँ चलचित्र निर्माण गर्ने भएका छन् । यो टिमले “छ” नामबाटै नामाकरण गरिएको चलचित्र “छन् गेडी सबै मेरी” अर्काे वर्ष प्रदर्शनमा ल्याउने भएको हो । चलचित्रलाई “झ्यानाकुटी” फेम्ड निर्देशक सिमोस सुनुवारले निर्देशन गर्दैछन् । चलचित्रको लगानी पनि निर्देशक कै रहनेछ ।

दिपक–दिपाको टिमले चलचित्रको नाफाको ६० प्रतिशत लिने सर्तमा फिल्म गर्न लागेको हो । प्रदि पभारद्धाजद्धारा लेखिएको कथालाई फाल्गुन अन्तिमबाट चलचित्रको रुप दिँदै छायांकन सुरु हुने जनाइएको छ । सुपरहिट फिल्म ‘छक्का पञ्जा’ को चौथो सिरिजलाई केही समय पछाडि धकल्दै दिपक–दिपाको समुहले ‘छन् गेडी सबै मेरी’ प्रोजेक्ट अगाडि सारेको हो ।

अभिनेता दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल र केदार घिमिरेको टिपअप नेपाली चलचित्र क्षेत्रको सबैभन्दा शक्तिशाली समुह हो । यो टिमले “६ एकान ६” बाट सुरु गरेर “छ माया छपक्कै” सम्म धेरै सफलता हासिल गरेको छ । अहिले यो टिम २४ असोजबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र “छ माया छपक्कै” को सफलता मनाईरहेको छ । टिमले नाफाको ५० प्रतिशत लिने सर्तमा उक्त चलचित्र गरेको हो । रोहित अधिकारी निर्माता रहेको चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गरेका हुन् । Photo Source: Cinepati



प्रतिक्रिया दिनुहोस्