Logo

रोलमोडल मानिएको पूर्व मिस नेपाल उषा र जीवीको जोडी टुट्दै



काठमाडौं, ३० असोज । पूर्व मिस नेपाल उषा खड्गी अहिले पनि चर्चामा छिन् । सुन्दरता र क्षमता दुवै भएकी खड्गीको वैवाहिक जीवन धरापमा परेको छ । उनी सम्बन्ध विच्छेदको नजिक पुगेकी छिन् ।

उषाको पति जीपी तिमिल्सिनासँग विवाद बढेपछि सम्बन्ध बिच्छेद गर्ने टुंगो लागेको हो । उनीहरुबीच सम्पत्ति बाँडफाँडको टुंगो लाग्न मात्र बाँकी छ ।

छोराछोरीसहित सम्पत्ति बाँडफाँडको विषय नमिलेको हो । कुरा मिलेपछि कानुनी रुपमै सम्बन्ध विच्छेदले अन्तिम रुप लिनेछ । दुवै अलग भइसकेका छन् ।


एक छोरा र एक छोरीका आमा उषाले १७ वर्ष लामो वैवाहिक जीवन अन्त गर्ने निर्णय गरेकी हुन् । पतिसँग विवादपछि उनले यसपटकको दशैंमा जीपीसँगको कुनै तस्बिर बाहिर ल्याएकी छैनन् । विगतमा जीवीसँग उनले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरिरहन्थिइन् ।

उषा र जीपीले अन्तरजातीय विवाह गरेका हुन् । विवाहका लागि दुवैले ठूलो संघर्ष गरेका थिए । यो जोडी निकै चर्चित र रोलमोडल थियो । जीवी पनि टेलिभिजन प्रस्तोता हुन् । दुवै सेलिब्रेटीले प्रेमविवाह गरेका थिए ।
Photo Source: Youtube and Kuber Dangol



प्रतिक्रिया दिनुहोस्