Logo

के.जि.एफ अभिनेत्री सृनिधिको विक्रम ५८



सुपरहिट फिल्म के.जि.एफकी अभिनेत्री सृनिधि शेट्टीले फिल्म विक्रम ५८ गर्ने भएकी छिन् । उनले आफ्नो इन्स्टाग्राममार्फत फिल्म खेल्न लागेको खबर सार्वजनिक गरेकी हुन् । के.जि.एफबाट आफ्नो एक्टिङ्ग करियर सुरु गरेकी उनीले विक्रम ५८ गर्न पाउँदा आफ्नो लागी ठूलो अवसर भएको जनाउँदै निर्देशक अजय नानामुथु र निर्माता ललित कुमारलाई धन्यवाद व्यक्त गरेकी छिन् ।

अजय नानामुथु निर्देशित विक्रम ५८ मा क्रिकेटर इरफान पठानलाई पुलिसको भूमिकामा देख्न पाइनेछ भने सृनिधिले विक्रमको बिरूद्ध महिलाको नेतृत्व गर्ने छिन् । के.जी.एफको अभिनेता विक्रमले मुख्य पात्रको भूमिका निर्वाह गर्ने छन् ।



प्रतिक्रिया दिनुहोस्