Logo

“कबीर सिंह” को स्थानमा “वार”



बलिउड सुपरस्टार ऋतिक रोशन र टाइगर श्राफ स्टारर फिल्म “वार” ले अभिनेता शाहिद कपूर स्टारर फिल्म “कबीर सिंह” लाई जितेको छ । बक्सअफिस कमाईको हिसाबमा “वार” “कबीर सिंह” भन्दा अगाडि निस्किएको हो । हिन्दी, तेलुगू र तमिल तीन भाषा मिलाएर घरेलू बक्सअफिसमा यो फिल्मले २ सय ८० करोडको आँकडा पार गरेको छ ।

अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको दशौं नम्बरमा “वार” ले आफ्नो स्थान बनाएको छ । यो स्थानमा २ सय ७८ करोडको कमाई गरेर “कबीर सिंह” रहेको थियो ।

सिद्धार्थ आनन्द निर्देशित यो फिल्मले प्रदर्शनको पहिलो दिन ५३ करोड ३५ लाखको व्यापार गरेको थियो । वर्ड अफ माउथ राम्रो भएको यो फिल्म प्रदर्शनमा आएको १४ दिन भइसक्दा पनि फिल्म अझै हलहरुमा चलिरहेको छ । फिल्मले अझै कलेक्सन गर्न सक्ने अनुमान गरिएको छ । यो फिल्म ४२ सय स्क्रिनमा एकसाथ रिलिज भएको एक्सन थ्रिलर फिल्म हो ।



प्रतिक्रिया दिनुहोस्