Logo

चलचित्र ‘प्रेम संसार’ को लोक शैली गीत सार्वजनिक (भिडियोसहित)



राम गौतम निर्देशित चलचित्र “प्रेम संसार” कोे “सुन सुन चम्पा” बोलको गीत सार्वजनिक भएको छ । मंसिर १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको गीत लोक शैलीमा निर्देशन गरिएको छ । गीतमा विजेता कविता नेपालीसँगै चलचित्रका प्रमुख अभिनेता प्रेम सोनी र अभिनेत्री मोनिका दाहालको नृत्य रहेको छ ।

गीतमा रामचन्द्र काफ्ले र जुनु रिजालको स्वर रहेको छ । अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतको कोरियोग्राफर एकेन्द्र सारा संसार हुन् । निर्माण टिमले गीतले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास राखेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा बनेको चलचित्र पारिवारिक प्रेमकथामा आधारित रहेको जनाइएको छ ।

फिल्ममा प्रेम र मोनिकासँगै आयुष्मा कार्की, विविशा पाण्डे, राम गौतम, अर्जुन पौडेल, करण पौडेल, सुनिल वि.कलगायतका अन्य कलाकारहरुको अभिनय छ । चलचित्रका कथा लेखक प्रेम बहादुर सुनार (गहतराज) नै चलचित्रका निर्माता पनि हुन् । दिपेन्द्र बस्न्यातले चलचित्र खिचेका हुन् ।
कमल सुनार र सीता सुनार पनि निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उतम केसी र देविन गहतराज हुन् । शंखर महर्जनको एक्सन रहेको यो चलचित्रबाट प्रेमले अभिनयमा डेब्यू गर्न लागेका हुन् । गीतमा नृत्य गरे पनि कविताको चलचित्रमा भने अभिनय छैन ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्