Logo

पारस सोनिकाको पासोमा परेपछि हिमानी र किर्तिकाको जन्मदिनमा आएनन्



काठमाडौं, ३० असोज । पूर्व युवराज पारस अहिले युट्युबर सोनिका रोकायासँग बढी समय देखिन थालेका छन् । सोनिया चर्चा चलाउन माहिर छिन् । अहिले उनी पारससँग जोडिएर चर्चामा आइरहेकी छिन् ।

सोनिकाको पासोमा परेपछि पारसले घर परिवारबाट आफूलाई झन् टाढा राखेका छन् । उनी न त पत्नी हिमानीको जन्मदिनमा आए न त छोरी किर्तिकाको जन्मदिनमा आइपुगे । उनी सोनिकासँग रमाइरहे ।

यसै महिना हिमानी र किर्तिकाको जन्मदिन थियो । पारस सहभागी नभएपनि उनीहरुले परिवारसँग मनाए । किर्तिकाले अनाथ बालबालिकासँग जन्मदिन मनाइन् ।

पारसले आफू अब दरबार र शासनबाट टाढा भइसकेको प्रष्ट पारिसकेका छन् । उनले आफूलाई युवराज नभन्न भनेका छन् । यसलाई अर्थपूर्ण मानिएको छ ।

पारस अझै उदण्ड भइरहेका छन् । कहिले प्रहरीलाई कुटपिट गर्छन् त कहिले सडकमा बेतोडले गाडी हुँइकाउँछन् । कहिले उनी होश गुमाएको अवस्थामा भेटिन्छन् ।

युवराज पारस थाइल्यान्डमा हुँदा लागूऔषध काण्डमा मुछिए । उनी पक्राउ पनि परे । थाइल्यान्डबाट उनलाई फकाइयो । त्यहाँ उनको केटी साथी कन्निकासँग सम्बन्ध टुट्यो । कन्निका पारसको यादमा तड्पिइरहिन् । उनले अहिले पनि फेसबुकमा पारससँगको तस्बिर पोष्ट गर्छिन् ।

पारससँगको सम्बन्धबाट थाई महिला कन्निका निकै चर्चामा आइन् । अब पालो सोनिका रोकायाको आएको छ । उनी पारससँग जोडिएर चर्चामा आउन थालेकी छिन् । पारसको सानदार मोटरसाइकल पछाडि बसेको तस्बिर र भिडियो पोष्ट गर्न थालेकी छिन् । पारससँग नजिकिएकी सोनिकालाई चर्चाको तरिका मिलेको छ ।

सोनिकाले फेसबुकमा पारससँगको तस्बिर पनि राखेकी छिन् । तर, यसले पारसलाई भने झन् बदनाम बनाए्रको छ । जसरी पनि चर्चामा आउने सोनिकासँग पारसको हिमचिमलाई राजावादीले रुचाएका छैनन् । यसमा उनीहरुले राजसंस्थाविरोधीको षड्यन्त्र देखेका छन् ।

File Photos



प्रतिक्रिया दिनुहोस्