Logo

एनआरएनए अध्यक्षमा पन्त विजयी, अरु को–को निर्वाचित भए ? (नामसहित)



काठमाडौं, १ कार्तिक । गैर आवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन तथा विश्व सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । संघको महाधिवेशनले कुमार पन्तलाई अध्यक्षमा निर्वाचित गरेको छ । पन्तले अर्का उम्मेद्धवार कुल आचार्यलाई १ सय ४७ मतको अन्तरले पराजित गरेका हुन् ।

 हाम्रा सहकर्मी उत्तमराज पन्तले दिएको जानकारीअनुसार पन्तले १२१७ मत ल्याएका थिए भने उनका प्रतिष्पर्धी आचार्यले ११७० मत प्राप्त गरेका थिए । त्यस्तै, संघको उपाध्यक्षमा डा. बद्री केसी (११६३), अर्जुनकुमार श्रेष्ठ (१०२७), सोनाम लामा (८९८) र मन केसी (९६१) विजयी भएका छन् ।

महिला उपाध्यक्षमा भने रविना थापा १२२१ मतका साथ विजयी भएकी छिन् । यस्तै २ सचिवमा गौरीराज जोशी र आरके शर्मा विजयी भए । उनीहरुले क्रमशः ९१६ र ८६८ मत प्राप्त गरेका हुन् ।  कोषाध्यक्षमा महेसकुमार श्रेष्ठ (१६५३) मतका साथ विजयी भएका छन् भने सह–कोषाध्यक्षमा लोकप्रसाद दहाल (११८४) विजयी भए । महिला संयोजकमा भोमादेवी लिम्बु (७०२), युवा संयोजकमा हिमाल गुरुङ (७६८) विजयी भएका छन् । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्