Logo

मावली देशको पर्यटन प्रर्वद्वनमा सहयोग गनुहोस्ः पर्यटनमन्त्री



काठमाडौं, २ कार्तिक। नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूतमा चर्चित चिनिया अभिनेत्री सी छिङ नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले उनलाई शनिवार सद्भावना दूतमा नियुक्त गरेका छन् ।

नेपाल–चीनबीच परापूर्वक कालदेखि सुमधुर सम्बन्ध स्मरण गर्दे मन्त्री भट्टराईले बुद्ध जन्मेको देशले मनाउन लागेको नेपाल भ्रमण वर्षमा सद्भावना दूत बनाउदा अन्र्तराष्ट्रिय प्रचार प्रसारमा जोड पुग्ने विश्वसास व्यक्त गरेका छन् ।

समाजिक सञ्जालमा नेपालको जनसंख्या भन्दा झण्डै आधा फलोअर्स रहेकि उनले चिनियाँ पर्यटक नेपाल भित्र्याउने अपेक्षा गरिएको छ ।
नेपाली चेली भृकुटीले चिनिया नागरिक सम्राट श्रङचङसंग विवाह गरेको प्रसंग कोट्याउँदै मन्त्री भट्टराईले अभिनेत्री छिङलाई भान्जीको संज्ञा दिएका थिए ।

मन्त्री भट्टराईले सद्भावना दूत घोषणा कार्यक्रममा चीनमा मात्रै नभएर विश्वमै ख्याती कमाइ रहेकी छिङले नेपालबारे पक्कै पनि सामाजिक सञ्जाल तथा अन्र्तराष्ट्रिय क्षेत्रमा दुई शब्द राख्ने विश्वास लिएको जनाए ।

कार्यक्रममा अभिनेत्री सि छिङले आफुलाई नेपालको पर्यटन प्रर्वद्धनमा नियुक्त हुन पाउदा खुसिलागेको जानकारी गराएकी छन् ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डायन मन्त्री योगेश भट्टराई, नेपाल भ्रमण वर्ष २०२० संयोजक सुरज बैध, नैपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी लगायतको सहभागिता रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्