Logo

मोदीसँग सेल्फी खिच्न बलिउड सुन्दरीहरुको होड



भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेल्फी खिच्न बलिउड नायिकाहरुमा होड बाजी चलेको छ । नयाँ दिल्ली प्रधानमन्त्री निवासमा आयोजना गरिएको कार्यक्रममा नायिकाहरुबीच यस्तो प्रतिस्पर्धाको अवस्था देखिएको हो ।

 

 

मोदीले १५० औं गान्धी जयन्तीका अवसरमा आफ्नो निवासमा १९ अक्टोबर साँझ आयोजित “चेन्ज विथइन” कार्यक्रममा बलिउड स्टारहरुसँग सामूहिक भेट गरेका छन् ।

 

कार्यक्रममा उपस्थित नायिकाहरुले प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेल्फी खिचेका छन् । बलिउड अभिनेत्री जैकी सर्फ, कंगना राणावत, एकता कपूर, आलीया भट्ट, रकुल प्रीत सिंह, सोनाम कपूर आदि उपस्थित सबैले मोदीसँग आफ्नो तस्विर खिचाएका छन् । मोदीसँग अन्य कार्यक्रममा सहभागी बलिउड स्टारहरु सबैले सेल्फी लिए ।



प्रतिक्रिया दिनुहोस्