Logo

अमिताभले लगाए शोषणको आरोप



बलिउड सुपरस्टार अमिताभ बच्चनले सञ्चारमाध्यमलाई व्यक्तिगत रुपमा शोषण गरेको आरोप लगाएका छन् । उनले सञ्चार माध्यमहरुमा आएको आफ्नो बिरामीको विषयमा आफ्नो धारणा व्यक्त गर्दै बिरामी हुनु र उपचार गर्नु व्यक्तिगत अधिकार भएको जनाएका हुन् । उनले अस्पतालमा भर्ना भएको समाचारलाई शोषण र सामाजिक रुपमा अवैध भएको समेत उल्लेख गरेका छन् ।

केहीसमय अगाडि सञ्चार माध्यमहरुमा अमिताभ बच्चन अस्पताल भर्ना भएको दाबी गर्दै समाचारहरु बाहिरिएको थियो । अमिताभले उक्त समाचारको खण्डन गर्दै पेसागत नियम कानुनलाई नतोड्न सञ्चार माध्यमहरुलाई अनुरोध गरेका छन् ।

बिरामी हुनु र उपचार गर्नु गोपनीयताको हक भएको र यस्ता कुरालाई कारोबारको रुपमा प्रयोग गर्नु सामाजिक रुपमा गलत भएको कुरा आफ्नो ब्लगमा लेखेका छन् । उनले दुनियाँमा सबैकुरा बेच्नको लागि नहुने कुरा पनि उल्लेख गरेका छन् । अमिताभले उनको शिघ्र स्वास्थ लाभको कामना गर्ने सबैलाई आभार व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्