Logo

महरालाई अदालतमा उपस्थित् गराईयो



काठमाडौं, ३ कात्तिक । संघीय संसदमा काम गर्ने महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आज फेरि अदालत लगिएको छ । महरालाई आइतबार जिल्ला अदालतमा उपस्थित गराइएको पत्रकार विनोद कटुवालले जानकारी दिए । सरकारी वकिल कार्यालय काठमाडौंमा बयान सकिएपछि साँझ ५ बजे महरालाई जिल्ला अदालत पुर्‍याइएको हो।

प्रहरीले घटनाबारे महरासँग अझै बयान पूर्ण गर्न सकेको छैन। बिरामी परेको भन्दै अस्पताल भर्ना भएपछि बयानको प्रक्रिया लम्बिएको हो। संसद सचिवालयका महिला कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो। उनलाई सन्चो नभएपछि अस्पताल भर्ना गरिएको हो।

महरालाई यसअघि पनि काठमाडौं जिल्ला अदालतले तीन दिनको म्याद थपेर अनुशन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । महराको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि पक्राउ परेको चार दिनपछि नै उनलाई नर्भिक अस्पतालमा राखेर उपचार गराईँदै आईएको छ। हिजोमात्रै उनको स्वास्थ्यमा गम्भिर समस्या भएको देखिएको थियो ।



प्रतिक्रिया दिनुहोस्