Logo

नागढुङ्गा–मुग्लिन सडकखण्ड छ लेनको बन्दै



काठमाडौं ४ कार्तिक। पृथ्वी राजमार्गको मुख्य कठिनाइका रूपमा रहेको नागढुङ्गा–मुग्लिन सडकखण्ड विस्तार गरिने भएको छ । साबिक दुई लेनमा रहेको सडक अब छ लेनसम्म विस्तार गरिने भएको छ ।
सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन ईआईए स्वीकृतिको अन्तिम चरणमा रहेको छ ।
वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।
सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जनाए।
यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले भने, “जुनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, ठेक्कापट्टाको बोलपत्र लगायतका काम पूरा गरिनेछ ।”आजको गोर्खापत्रमा खवर छ ।

फोटोः गार्खापत्र दैनिक



प्रतिक्रिया दिनुहोस्