Logo

पेरिस हिल्टनसँग रमाउँदै मल्लिका



अभिनेत्री मल्लिका शेरावतले हलिउड मोडल पेरिस हिल्टनसँग रमाउँदै गरेको एउटा भिडियो सार्वजनिक गरेकी छिन् । मल्लिकाले उक्त भिडियो ट्वीटर मार्फत ट्वीट गरेकी हुन् । भिडियोको क्यापसनमा उनले पेरिससँग समय बिताउन मन पर्ने भन्दै उनको वर्णन गरेकी छिन् ।

मल्लिकाले ट्वीट गरेको उक्त भिडियो हेर्दा उनीहरु कुनै रेस्टुरेन्टमा भएको देखिन्छ । उनीहरुको ब्याक ग्राउन्डमा एउटा हलिउड गीत गुन्जिरहेको छ । भिडियोमा दुवै नायिकाहरु धेरै खुसी देखिन्छ । करिब ४४ हजार मानिसहरुले उनको त्यो भिडियो हेरिसकेका छन् ।

फिल्म “पोल्टिक्स् अफ लव” बाट हलिउड फिल्म क्षेत्रमा डेब्यू गरेकी मल्लिका केही समयदेखि हलिउड फिल्मी क्षेत्रमा देखा परेकी छिन् । मल्लिका पनि बलिउडबाट हलिउडमा जाने अभिनेत्री मध्ये एक हुन् । उनी अहिले अमेरिकामा बस्दै आएकी छिन् । Photo Source: Mallika Sherawat Twitter



प्रतिक्रिया दिनुहोस्