Logo

विप्लवलाई मानवअधिकार आयोगले भन्यो- हिंसात्मक गतिविधि तत्काल रोक (प्रेस नोटसहित)



काठमाडौं, ४ कात्तिक । राष्ट्रिय मानवअधिकार आयोगले विप्लव नेतृत्वको नेकपालाई तत्काल हिंसात्मक गतिविधि रोक्न भनेको छ । सोमबार कुमार पौडेल मृत्यु प्रकरणबारे निष्कर्षसहित सरकारलाई घटनामा संलग्न अधिकारीहरुलाई कारबाहीको सिफारिश गर्दै अन्तमा विप्लवलाई शान्तिपूर्ण ढंगबाट आफ्ना क्रियाकलापहरु गर्न भनेको हो ।

आयोगले प्रेस नोटमार्फत् विप्लव समूहलाई आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकारको सम्मानप्रति सचेत हुन समेत भनेको छ । आयोगले लेखेको छ, ‘हत्या, अपहरण, धम्की, जबरजस्ती चन्दा, बिष्फोटन लगायतका हिंसात्मक गतिविधिलाई तत्काल रोकी मानवीय, आर्थिक तथा भौतिक क्षतिप्रति संवेदनशील बन्दै लोकतान्त्रिक र शान्तिपूर्ण ढंगबाट आफ्ना क्रियाकलापहरुलाई प्रतिष्पर्धात्मक राजनीतिमा रुपान्तरण गर्न गराउन सिफारिश गर्दछ ।’

File Photo



प्रतिक्रिया दिनुहोस्