Logo

डीभीकै लागि राहदानी बनाउनेको भीड थामिनसक्नु



काठमाण्डौ । अमेरिका नेपालीको मात्रै होइन, विश्वभरका नागरिक जान चाहने देश । हरेक वर्षजस्तै यसपटक पनि अमेरिकाले डिभीमार्फत आफ्नो देशमा आउन चाहनेका लागि आवेदन खुला गरेको छ । यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य गरेको छ । जसले गर्दा युवाहरु पासपोर्ट बनाउन लाइन लागेका छन् । यसले पनि स्पष्ट पार्छ कि नेपाली युवाहरु विदेश जाने हरेक अवसरको सदुपयोग गर्न चाहन्छन् ।

नेपालमा गतिलो रोजगारी पाइन्थ्यो भने को जान्थ्यो विदेश । न भनेजस्तो काम न कामअनुसारको पारिश्रमिक । त्यसैले लाखौँ युवाहरु विदेश पलायन भइहरका छन् । अमेरिकाले यसै वर्षदेखि इडीभीको लागि पासपोर्ट नम्बर अनिवाय रुपमा चाहिने भएको कारण राहदानी विभागमा अहिले युवायुवतीहरु पासपोर्टका लागि लाई बस्नकोे भीड अत्याधीक रुपमा रहेको छ ।

नारायणहिटीस्थित राहदानी विभागमा अरुबेलाभन्दा डिभी भर्ने समयमा राहदानी अर्थात पासपोर्ट बनाउन आउनेका भिड बाक्लिएको छ । मंगलबार १२ बजेसम्म मात्रै झण्डै २५ सय जानले राहदानी बनाउनका लागि आवेदन दिएका थिए । यसअघि दैनिक ५ देखि ७ सम्म सय आवेदन आउने गरेकोमा त्यो संख्या ह्वात्तै बढेको हो ।

मलेसियामा रोजगारी खुलेको, दसैंको लामो बिदापछि कार्यालय खुलेको र अमेरिकी डीभी भर्न पासपोर्ट नम्बर अनिवार्य गरिका कारण भीड बढेको विभागका महानिर्देशक रामकाजी खड्काले बताउँनु भएको छ । भीड बढेकै कारण कार्यालय राती १० बजेसम्म खोल्ने गरिएको छ भने कर्मचारी पनि थपिएको विभागका निर्देशक रामकाजी खड्काले जानकारी दिए ।

राहदानी विभागका निर्देशक रामकाजी खड्का

विभागका अनुसार दोब्बर शुल्क तिरेर तीन दिनमा पासपोर्ट बनाउन आउने सेृवाग्राहीको संख्या सामान्य अवस्थामा भन्दा अहिले तीन गुणा वृद्धि भएको छ । जिल्लाहरुबाट राहदानी वितरण थालेपछि विभागमा निवेदन दिनेको संख्या घटेको थियो । तर डिभी भर्नकै लागि राहदानी बनाउनेका संख्या बढेपछि विभागमा प्राविधिक समस्यासमेत आएको छ ।

राहदानी विभागमा भेटिएका नितेश पाण्डे बिबिएस अध्ययन सकेर बसेका छन् । वैदेशिक रोजगारमिा जाने उनको तयारी छैन । तर डीभी भर्नकै लागि राहदानी बनाउन दौडधुप गरिरहेका छन् ।

अर्का युवा अशोक खड्का पनि अमेयिरका जाने चिट्टाको रुपमा लिइने डिभी पर्छ की भन्ने आशमा राहदान बनाउन लागेका छन् । यता इजिनिरिङ तेस्रो बर्षमा अध्यनरत विद्यानन्द यादव पनि डिभी भर्नकै लागि राहदानी बनाउने आएका छन् ।

अमेरिकाले सन् २०२१ का लागि अक्टोबर २ अर्थात असोज १५ गतेदेखि देखि डीभीको आवेदन खुल्ला गरेको थियो । आवेदनको समयसीमा ५ नोभेम्बर अर्थात कात्तिक १९ गतेसम्म छ । हरेक वर्ष दशौँ हजार युवा डिभीमार्फत अमेरिका गइरहेका छन् । अरु धेरै देशमा पनि युवाहरु लाइन लागेर गइरहेका छन् । तर सरकारले भने स्वदेशमै रोजगारी सृजना गर्न सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्